प्रदेश २ मुख्यमन्त्री लालबाबु राउतमाथि सांसदहरुले लगाए काेष दुरुपयाेगकाे अाराेप



जनकपुरधाम : प्रदेश २ को ३३ औं सभालाई सम्बोधन गर्ने क्रममा कांग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्य शिवचन्द्र चौधरीले मुख्यमन्त्री लालबाबु राउतमाथि कोष दुरुपयोग गरेको आरोप लागएका छन् । 

प्रदेशसभा बैठकको शून्य समयमा चौधरीले मुख्यमन्त्री राउतले गैरसरकारी संस्था चलाएका व्यक्ति र संस्थालाई नियमविपरीत १२ देखि १५ लाख रुपैयाँ बजेट छुट्याएको भन्दै त्यसको विरोध गरे । 

 

यसबारे मुख्यमन्त्री राउतले स्पष्ट जवाफ दिनुपर्नेसमेत उनले माग गरे । चौधरीले धनुषा जिल्ला लक्ष्मिनियाँ निवासी शेषनारायण यादवको एक एनज।आलाई मुख्यमन्त्री कोषबाट रकम दिनु कत्तिको उचित छ भनी प्रश्न गरेका थिए । 

चौधरीले रकम दिएको विषयमा सदनप्रति गम्भीर ध्यानाकर्षण गराएका थिए । उनले भने, ‘मैले सुनेअनुसार गैरसरकारी संस्थामार्फत उक्त रकमबाट चापाकल वितरण भएको छ । प्राप्स नामक गैरसरकारी संस्थालाई लाखौं दिइएको छ । यो कुरा कत्तिको साँचो हो ।’

 

त्यस्तै राजपाका उपेन्द्र महतोले प्रदेशसभा सुभारम्भका बेला सभा हल व्यवस्थित गर्न १५ करोड विनियोजन भएको तर त्यसको हरहिसाब अझै अन्योल रहेको भन्दै उक्त हिसाबको सूचना सबैले पाउनुपर्नेमा सदनलाई जानकारी गराए । उनले कमिटी नै गठन गरेर यसबारे अध्ययन हुनुपर्ने माग राखे । 

यस्तै राजपाकै वीणा यादवले भर्खर आएको कक्षा ११ कक्षाको रिजल्टको विषयलाई प्रदेश सरकारले गम्भीरतापूर्वक लिन आग्रह गरिन् । 

 

सभाध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराउँदै यादवले प्रदेश २ सरकारले शिक्षाको स्तर माथि उकास्न ध्यान दिनुपर्ने सुझाव दिइन् । 

प्रतिक्रिया दिनुहोस्