कोरोनाका कारण फुटसल खेलाडी इल्हाम शेइखीको मृत्यु



एजेन्सी : कोरोना भाइरसको कारण इरानी महिला फुटसल खेलाडी इल्हाम शेइखीको मृत्यु भएको छ ।

इरानको स्थानीय सञ्चार माध्यमका अनुसार कोरोनका कारण २३ वर्षे खेलाडी शेइखीको मृत्यु भएको हो । दश दिन अगाडी अस्पतालमा भर्ना भएकी उनको वुधबार निधन भएको बताइएको छ ।

शेइखीले इरानको राष्ट्रिय फुटसल टिमबाट पनि खेलेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्