सिपी मैनाली सवार कार दुर्घटनाबारे छानविन गर्न नेकपा (माले) ले गर्यो कार्यदल गठन



काठमाडौं : नेकपा (माले)ले महासचिव सिपी मैनाली सवार कार दुर्घटनाबारे छानविन गर्न कार्यदल गठन गरिएको छ ।

शुक्रबारको पार्टीको स्थायी कमिटी बैठकले दुर्घटनाबारे छानविन गर्न स्थायी कमिटी सदस्य दीनानाथ घिमिरेको संयाोजकत्वमा कार्यदल गठन गरेको हो । निर्माण भएको कार्यदलको सदस्यमा पोलिटब्यूरो सदस्य परशुराम लामिछाने र केन्द्रीय सदस्य क.शंकर पोखरेल रहेको बताइएको छ ।

बैठकले सीआइबीमार्फत दुर्घटनाको सत्यतथ्य छानविन गर्न सरकारसमक्ष माग समेत गरेको छ । माले महासचिव मैनालीसहित परिवारका सदस्य सवार कार झापाबाट काठमाडौं आउँदै गर्दा बिहीबार धनुषा र सिन्धुलीको सीमामा पर्ने रात नदीनजिकै अर्को सवारीसँग जुधेर दुर्घटना भएको थियो ।

सीपीसहित घाइतेहरूको काठमाडौंको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । अस्पतालका अनुसार, सीपी अहिले खतरामुक्त छन् ।

प्रतिक्रिया दिनुहोस्