अमिताभ–जयाको सम्पत्ति ऐश्वर्या–अभिषेकको भन्दा धेरै



एजेन्सी : बलिउडका महानायक अमिताभ बच्चन र जया बच्चनको परिवार भारतमै सम्पन्न परिवारमा पर्छ । फिल्म उद्योगमा बच्चन परिवारको नामको मात्र पनि छुट्टै सम्मान र स्थान छ । यो परिवारलाई बलिउड उद्योगमै धनि परिवारको रुपमा चिनिन्छ ।

करिब ४ दशकदेखि बलिउडमा राज गरेका अमिताभ र जया र लामो समयदेखि बलिउडमै जमिरहेका ऐश्वर्या र अभिषेकका सम्पत्ति कति छ ? भनेर धेरैलाई चासो हुने गर्छ ।

भारतीय सञ्चार माध्यमका अनुसार ऐश्वर्या – अभिषेकको भन्दा अमिताभ–जयाको सम्पत्ति धेरै छ । जया–अमिताभको कुल सम्पत्ति २८०० करोड रहेको छ । उनीहरुको मुम्बईमा जलसा र प्रतीक्षा नामको दुईवटा बंगला छ । मुम्बईबाहेक उनीहरुको भोपाल, पुना, अहमदाबाद र फ्रान्समा पनि उनीहरुको सम्पत्ति छ ।

समाचारका अनुसार जयाले समाजवादी पार्टीको उम्मेदवार बन्ने समयमा आफ्नो कुल सम्पत्ति १००० करोड बताएकी थिइन् ।

उनीहरुसँग १२ वटा गाडी पनि छ । जया बच्चनसँग ६२ करोड भारुका गहना छन् । जसमा अमिताभ बच्चनले लगाएको औंठी पनि सामेल गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्