सुदूरपश्चिम राजधानी अत्तरियामा बजार अनुगमन : होटेलहरुकाे सरसफाइकाे अवस्था नाजुक



अत्तरिया, कैलाली : चाडबाड आएसँगै सुदूरपश्चिम प्रदेशको राजधानी अत्तरिया बजारमा खाध प्राविधिक तथा गुण नियन्त्रण कार्यालाय धनगढीले अनुगमन गरेको छ ।

 

टोलीले आज अत्तरियाका १४ वटा विभिन्न पसलको अनुगमन गरेको छ । अनुगमनका क्रममा होटेलका भान्साहरुको अवस्था निकै फोहोर र सरसफाइको अवस्था नाजुक रहेको पाइएको खाध प्राविधिक सहायक कुमार भण्डारीले बताए ।

 

उनका अनुसार अत्तरियाका किराना ,मिठाई ,होटेल, मासु पसलहरु अनुगमन गरिएको हो । अनुगमन केही दिनसम्म चल्ने भण्डारीले बताए । अनुगमन टोलीमा गोदावरी नगरपालिकाका प्रतिनिधि, अत्तरिया उधोग वाणिज्य संघका प्रतिनिधिको पनि सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्