ईस्टर्न रिजनको ट्रफी सार्वजनिक



काठमाडौं : एसीसी ईस्टर्न रिजन पुरुष टी–ट्वान्टी कप क्रिकेटको ट्रफी सार्वजनिक गरिएको छ ।थाइल्याण्डको बैंककमा हुने प्रतियोगितामा सहभागी पाँच राष्ट्रका खेलाडीबीच ट्रफ्री सार्वजनिक गरिएको हो ।

भोली (शनिबार) बाट सुरु हुने प्रतियोगितामा नेपालसहित थाइल्याण्ड, मलेसिया, सिंगापुर र हङकङले सहभागिता जनाएको छ । प्रतियोगिताको शीर्ष दुई टोलीले एसिया कप छनोटमा स्थान बनाउने छन् ।

नेपालले शनिबार मलेसियासँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । यस्तै मार्च १ मा हङकङसँग खेल्दा मार्च ४ मा थाइल्याण्डसँग खेल्नेछ । नेपालले अन्तिम खेलमा मार्च ६ मा सिंगापुरसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्