उखु किसानका लागि ४९ करोड अनुदान


काठमाडौं : सरकारले उखु किसानका लागि ४९ करोड निकासा गरेको छ । सरकारले दिने अनुदान अर्थ मन्त्रालयले थप ४९ करोड ४९ लाख ३४ हजार रुपैयाँ निकासा गरेको हो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार बिहीबार उखु खेती हुने जिल्लाको कोष तथा लेखा नियन्त्रक कार्यालयमा रकम पठाइएको छ ।

बिहीबार अर्थले कोष तथा लेखा नियन्त्रक कार्यालय सर्लाहीलाई ११ करोड २८ लाख ९० हजार, सिराहालाई २ करोड ३९ लाख ४ हजार, सुनसरीलाई २ करोड ३३ लाख ८४ हजार, महोत्तरीलाई ६ करोड ७९ लाख रुपैयाँ पठाएको छ । यस्तै, रौतहटलाई २ करोड ७९ लाख ८८ हजार, बारालाई ५ करोड ७८ लाख ६८ हजार र नवलपरासी पश्चिमलाई २ करोड ६५ लाख ५० हजार र कोलेनिका कंचरपुरलाई ७ करोड ४४ लाख २१ हजार रुपैयाँ पठाइएको छ ।

किसानलाई प्रोत्साहन स्वरुप राज्यले दिने कुल अनुदान १ अर्ब ३३ करोड ५३ लाख १४ हजार रुपैयाँमध्ये ९२ करोड रुपैयाँ यसअघि नै निकासा भएको थियो । गत वर्ष २ करोड ४ लाख ५५ हजार क्विन्टल उखु क्रसिङ भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांक छ ।

उखु कृषकलाई अनुदान दिने सम्बन्धी कार्यविधि २०७५ अनुसार सरकारले उखु उत्पादक कृषकलाई प्रतिक्विन्टल ६५ रुपैयाँ २८ पैसाका दरले अनुदान वितरण गर्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

धादिङ : दक्षिणी धादिङको बेनिघाटरोराङ गाउँपालिका–६ स्थित चेपाङगाउँमा एक महिनादेखि फैलिएको दादुरारुवेला रोगका कारण दुई

काठमाडौं : थप तीन जना कोरोनाभाइरसबाट सङ्क्रमित भेटिएको पुष्टि भएपछि सरकारले देशव्यापी रूपमा आवागमनमा लगाएको

कुवेत : कुवेतमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमणबाट पहिलो व्यक्तको मृत्यस भएको छ । त्यहाँको सरकारी समाचार

काठमाडौं : कोरोनाभाइरस नियन्त्रण गर्न उदाहरणीय काम गरेको भन्दै प्रशंसा भइरहेको दक्षिण कोरियामा मानिसहरूबीच दूरी

काठमाडौं : केही दिन अघि काठमाण्डू प्रेस डट कममा प्रकाशित एउटा समाचार उक्त न्यूज पोर्टलको

काठमाडौं : स्पेनमा कोरोनाबाट एकैदिन ८०९ जनाको मृत्यु भएको छ । योसँगै स्पेनमा कोरोनाबाट मृत्यु

काठमाडौं : महामारीका रुपमा विश्वव्यापी फैलिएको कोभिड–१९ को जोखिमका कारण यतिखेर विश्वका २०० भन्दा बढी

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले बहराइनमा रहेका नेपालीहरुको अवस्था बारे बहराइनका समकक्षीसँग टेलिफोन गरी

काठमाडौं : नेपाल चिकित्सक संघले स्वास्थ्यकर्मीको पेशागत लाइसेन्स खारेज गर्ने सरकारको निर्णय सच्याउन माग गरेको

काठमाडौं : नेपालमा कोरोनाभाइरस (कोभिड–१९)को नयाँ तीन जना संक्रमित फेला परेको छ । सुदूरपश्चिम जिल्लाको

बेइजिङ : चीनमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएकाहरुको सम्झनामा मौनधारण गरिएको छ । संक्रमणबाट मृत्यु

जनकपुरधाम– जनकपुरधामस्थित प्रादेशिक अस्पतालको आइसोलेशन वार्डमा कोरोनाको आशंकामा राखिएका ५ जनाको रिपोर्ट निगेटिभ आएको छ