विवाहमा सबैभन्दा महँगो पहिरन लगाएका बलिउड अभिनेत्रीहरु



एजेन्सी : कलाकारले के खान्छन्, कस्तो पहिरन लगाउछन् सबैलाई चासोको विषय बन्छ। अझ बिहेमा के लगाए, कति मूल्यको लगाए भनेर चासो नहुने कुरै भएन। बलिउडमा केही यस्ता अभिनेत्रीहरु रहेका छन् जसले विवाह गर्दा निकै महँगा पहिरन लगाएका छन्। विवाहमा सुन्दर देखिन उनीहरुले कुनै कसर बाँकी राखेका छैनन्। बलिउड अभिनेत्रीहरूको जीवनशैली भव्य र महँगो छ। विवाहमा सबैभन्दा महँगो पहिरन कुन अभिनेत्रीले लगाइन् त ?

ऐश्वर्या राय


बलिउड अभिनेत्री तथा पूर्व विश्व सुन्दरी ऐश्वर्या राय बच्चन सबैभन्दा महँगो बिहेको लुगा लगाउने अभिनेत्रीमा पर्छिन्। उनीहरूले २० अप्रिल, २००७ मा विवाह गरेका हुन् । निकै तामझामका साथ सम्पन्न भएको बिहेमा दुवैले महँगा कपडा तथा गहना पहिरेका थिए । पैसामा कुनै कन्जुस्याइँ भएको थिएन ।डिजाइनर नीता लुल्लाले उनको बिहेको ड्रेस डिजाइन गरेकी थिइन्। बिहेमा उनले पहेलोँ र सुनौलो रङ मिसिएको कान्जिभरम सारी लगाएकी थिइन्। सारीमा स्वारोभ्स्की क्रिस्टल र सुनको धागोले वर्क गरिएको थियो। जुनको मूल्य १ करोड २० लाख रुपैयाँ रहेको थियो। त्यस परम्परागत सारीमा ऐश्वर्या दिव्य सुन्दरी देखिएकी थिइन् ।

शिल्पा शेट्टी


चर्चित डिजाइनर तरुण ताहिलियानीले बलिउड अभिनेत्री शिल्पा शेट्टीको बिहेको पहिरन डिजाइन गरेका थिए। बिहेमा उनले रातो रङको सारी लगाएकी थिइन्। उनले लगाएको सारीलाई आठ हजार स्वारोभ्स्की क्रिस्टलले डिजाइन गरिएको थियो। त्यो सारीको मूल्य ८० लाख थियो।

करिना कपुर

बलिउड अभिनेत्री करिना कपुर पनि बेहुलीको महँगो पहिरन लगाउनेमा पर्छिन्। उनले बिहेमा लगाएको लेहंगालाई डिजाइनर रितु कुमारले पुनः डिजानइ गरेकी थिइन्। किनभने, उनले आफ्नी सासू शर्मिला टैगोरकै बिहेको लुगा लगाएकी थिइन्। उनले लगाएको पहिरनको मुल्य ८० लाख रुपैयाँ थियो।

दीपिका पादुकोण


१४ र १५ नोभेम्बरमा इटलीमा दीपिकाले विवाह गरिन् । विवाहका लागि छानिएको स्थानदेखि ड्रेससम्मका कुराले उनीहरूको फ्यान चकित परेका छन् । भारतीय मिडियाका अनुसार दीपिकाको लेहेंगाको मूल्य मात्रै करिब १४ लाख तथा उनको औँठीको मूल्य करिब तीन करोड रुपैयाँ रहेको बताइएको छ ।

अनुष्का शर्मा


क्रिकेटर विराट कोहली र अभिनेत्री अनुष्का शर्माले गत वर्ष ११ डिसेम्बरमा विवाह गरेका हुन् । उनीहरूले पनि इटलीमै भारतीय परम्पराअनुसार विवाह गरेका थिए ।
अनुष्का शर्माको बिहेको पहिरन प्रसिद्ध डिजाइनर सब्यासाची मुखर्जीले गरेका थिए। पहेँलो र गुलाबी रङको लेहंगामा उनी भव्य देखिएकी थिइन्। उनी बलिउडकी सुन्दरतम बेहुलीमध्ये एक थिइन्। उनले लगाएको पहिरनको मुल्य ४८ लाख रुपैयाँ थियो।

प्रियंका चोपडा

बलिउड तथा हलिउडमा समेत आफ्नो स्थान बनाइसकेकी अभिनेत्री प्रियंका चोपडाले गत डिसेम्बरमा अमेरिकी पप गायक निक जोनससँग बिहे गरिन् । राजस्थानको जोधपुर शहरमा बिहे गरेका प्रियंकाले महँगो पहिरन लगाएकी थिइन्। उनले लगभग २ करोड मूल्यको पहिरन लगाएकी थिइन्।

जेनेलिया डी सुजा


अभिनेत्री जेनेलिया डी सुजाले क्रिस्चियन परम्परा र महाराष्ट्रको परम्पराअनुसार विवाह गरेकी थिइन्। उनको विवाह पहिरन प्रसिद्ध फेसन डिजाइनर नीता लुल्लाले तयार पारेकी थिइन्। महाराष्ट्रीय शैलीको सारीको बोर्डरमा गोल्ड वर्क गरिएको थियो। त्यस पहिरनको मुल्य २७ लाख रुपैयाँ थियो।

प्रतिक्रिया दिनुहोस्