नायक अनमोल केसीविरुद्ध ठगीको आरोपमा प्रहरीमा उजुरी



काठमाडौं : नेपाली चलचित्रका नायक अनमोल केसीविरुद्ध प्रहरीमा उजुरी परेको छ । फिल्म खेल्छु भनेर अग्रिम रकम लिएर फिल्म नखेलेको आरोपमा उनीविरुद्ध उजुरी परेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीका अनुसार फिलिम्स नेपाल, जयन श्रेष्ठ इन्टरटेटमेन्ट प्रालिबाट निर्माण हुन लागेको फिल्म धूपौरेमा खेल्न सहमति गरी ५ लाख एडभान्स र फिल्म नखेलेको आरोपमा उजुरी परेको हो ।

नायक केसीविरुद्ध फिल्मका निर्माता जयन श्रेष्ठ र रुपेश खड्कीले केसी जाहेरी दिएका प्रहरीले जानकारी दिएको छ ।

केसीसँग श्रेष्ठ र खड्गीले गत असोज ३ गते ४० लाख पारिश्रमिक दिनेगरी सम्झौता गरेका थिए । यस्तै सम्झौताअनुसार ५ लाख अग्रिम भुक्तानी गरेपनि सम्झौताअनुसार केसीले फिल्म नखेलेर ठगी गरेको उजुरीमा उल्लेख छ ।

यस्तै फिल्म खेल्नका लागि ३ महिनासम्म जिम तथा एक्टिङ क्लासका लागि भन्दै अनमोलले आफूहरुको थप २ लाख ५० हजारसमेत सकेको उजुरीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्