कोरोना भाइरसको अति उच्च जोखिमको सूचीमा पर्‍यो नेपाल



काठमाडौं : नेपाल कोरोना भाइरसको उच्च जोखिमको सूचीमा रहेको देशहरुको सूचीमा परेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नेपाललाई अति उच्च जोखिम भएको मुलुकको सूचीमा राखेको हो ।

बिहीबार डब्लुएचओको मुख्यालयमा बसेको साप्ताहिक ब्रिफिङमा नेपाल कोरोना भाइरसको अति उच्च जोखिममा रहेको देशको सूचीमा राखेको हो ।

डव्लुएचओले नेपालसहित दक्षिण एसियाका भारत श्रीलंका, पाकिस्तान र अगगानिस्तानलाई समेत कोरोना भाइरसको अति उच्च जोखिम भएको देशको सूचीमा राखेको छ ।

यसबाहेक अफ्रिकी केही देशहरु पनि सो सूचीमा परेका छन् ।

डव्लुएचओले यसअघि चीनलाई मात्रै अति उच्च जोखिममा राखेको थियो ।

नेपालमा एकजना बाहेक कसैलाई कोरोना भाइरस संक्रमण देखिएको छैन ।

तर विश्वका विभिन्न देशमा फैलँदोक्रममा रहेको यो भाइरस यदि नेपाल छिर्यो भने त्यसले भयावह अवस्था निम्त्याउन सक्ने भन्दै डव्लुएचओले अति उच्च जोखिमको सूचीमा राखेको छ ।

प्रतिक्रिया दिनुहोस्