जीप दुर्घटना हुँदा एकको मृत्यु



सुर्खेत : गुर्भाकोट नगरपालिका-९ सुर्खेत झुल्केस्थित लु.१.ज ४०७९ नं.को बलेरो जीप दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

सिम्ता गाउँपालिका-९ सुर्खेतका २४ वर्षिय भुपाल खत्रीको जीप दुर्घटनामा मृत्यु भएको हो । मेहलकुना अस्पताल सुर्खेतमा उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयसुर्खेतले जनाएके छ ।

नेपालगञ्जबाट सिम्ता जामुने बजार सुर्खेततर्फ गइरहेको उक्त जीप सडकको बायाँतर्फको भित्तामा ठोक्किएर दुर्घटना भएको हो ।

प्रहरी निरीक्षक माधव चौधरी नेतृत्वको टोलीले सिम्ता-९ सुर्खेतका २६ वर्षिय जीप चालक जीवन पुनको गाडीको अघिल्लो भागले च्यापिएको अवस्थामा उद्धार गरेको छ । उनका अनुसार चालक पुनलाई उपचारका लागि कर्णाली प्रदेश अस्पतालमा पठाईएको छ ।

घटनामा सिम्ता-९ का १९ वर्षिय जयबहादुर अधिकारी, ३० वर्षिय सूर्यबहादुर रोकाया, २८ वर्षिय ईश्वर गिरी र २२ वर्षिय बिरुनाथ योगी सामान्य घाइते भएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्