बालबालिकालाई शिक्षामा उचित अवसर दिइनुपर्छ : मन्त्री भट्टराई



काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले समृद्ध मुलुक निर्माणका लागि बालबालिकालाई शिक्षामा उचित अवसर दिइनुपर्नेमा जोड दिए ।

नामनगरस्थित अक्सिडेन्टल पब्लिक स्कूलको आयोजित २७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रममा उनले राष्ट्र निर्माण गर्ने योग्य र सक्षम नागरिक उत्पादन गर्ने मुख्य थलो विद्यालय भएकाले विद्यालयले नै विद्यार्थीलाई हरेक क्षेत्रमा उचित अवसर दिनुपर्ने बताए ।

सक्षम नागरिक उत्पादन गर्न यस विद्यालयले ठूलो योगादन दिएको स्मरण गर्दै उहाँले आगामी दिनमा पनि विद्यालयबाट सोही आशा गरेको बताए । सोही विद्यालयका अभिभावक तथा राष्ट्रिय पुन : निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले अक्सिडेन्टल स्कुलले अत्यन्त न्यून शुल्कमा पनि गुणस्तरीय शिक्षा दिएको भन्दै सराहना गरे ।

भूकम्पबाट प्रभावित विद्यालयको पुन : निर्माण आफ्नो पहिलो प्राथमिकता भएको उल्लेख गर्दै उनले भौतिक संरचनामा विद्यालय कहिल्यै पछि पर्न नहुने बताए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक टेकबहादुर पौडेलले वार्षिक गतिविधि प्रस्तुत गरेका थिए । सो अवसरमा विद्यार्थीले विविध सांस्कृति कार्यक्रम प्रस्तुत गरेका थिए । रासस

प्रतिक्रिया दिनुहोस्