उत्तर कोरियामा कोरोना संक्रमितको गोली हानी हत्या



एजेन्सी : उत्तर कोरियामा कोरोना भाइरस संक्रमितलाई गोली हानी हत्या गरिएको खुलासा भएको छ । चीन निकट विज्ञहरुलाई हवाला गर्दै केही सञ्चार माध्यमहरुले संक्रमितलाई गोली हानी हत्या गरिएको बताएका हुन् ।

चीनको छिमेकी मुलुक उत्तर कोरियाले भने कोरोना भाइरसबाट बच्न उच्च सर्तकता अपनाएको र अहिलेसम्म कोही पनि संक्रमित नभेटिएको दाबी गर्दै आएको छ ।

उत्तर कोरियाली अधिकारीहरुले एक सय ४१ जनमा संक्रमण परिक्षण गरिएको तर कसैमा पनि संक्रमण नभेटिएको बताएका छन् ।

उत्तर कोरियाले चीनसँगको सीमा बन्द गरेको छ । केही दक्षिण कोरियाली मिडियाले चीनसँग जोडिएका उत्तर कोरियाली सहरमा संक्रमित भेटिएको जनाएका थिए । दक्षिण कोरियाली पत्रिका कोसन इल्बोले सिनुइजु सहरमा दुईजना कोरोना भाइरसका बिरामी भेटिएको जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्