सल्यानमा साढे २ वर्षीया बालिका बलात्कृत



सल्यान : सल्यानमा साढे २ वर्षीय बालिका बलात्कार गरेको आरोपमा १३ वर्षीय बालकलाई प्रहरीले पक्राउ गरेको छ । शारदा नगरपालिका घर भएकी दुई वर्ष सात महिनाकी बालिकालाई सोही ठाउँ बस्ने बालकले ११ फागुनमा बलात्कार गरेको भन्दै पीडितका परिवारले १२ फागुनमा प्रहरीलाई उजुरी दिएका थिए ।

६ कक्षमा अध्यनरत बालकले आफ्नै कोठामा लगेर बलात्कार गरेको पीडितका आफन्तले बताएको प्रहरीले जनाएको छ । बालिका रुँदै घर आएपछि अभिभावकले प्रहरीलाई खबर गरेका थिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण गरी कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक लक्ष्मण वलीले जानकारी दिए ।

पक्राउ परेका बालकलाई जिल्ला प्रहरी कार्यालयमा बाल निगरानीमा राखेर थप अनुसन्धान भइरहेको वलीले बताए । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा मीना बुढाथोकीले लेखेकी छन् ।

प्रतिक्रिया दिनुहोस्