कालापानीलाई आफ्नो सिमानाभित्र राखेर भारतले जारी गर्‍याे अर्काे नक्सा



काठमाडौं : भारत सरकारले नेपालको कालापानी क्षेत्रलाई फेरि आफ्नो सिमानाभित्र पार्दै शुक्रबार हिन्दी र संस्कृतमा अर्काे नक्सा सार्वजनिक गरेको छ । भारतीय अनलाइन पोर्टल ‘द प्रिन्ट’का अनुसार हिन्दी र संस्कृत भाषामा प्रकासित नक्सा नयाँ दिल्लीस्थित विज्ञान भवनमा भारतका विज्ञान र प्रविधि मन्त्री हर्षबर्धनले सार्वजनिक गरेका हुन् । 

नरेन्द्र मोदी नेतृत्व सरकारले हिन्दी र संस्कृत भाषामा पनि भारतको नक्सा प्रकाशित गर्ने योजनाअनुसार नयाँ नक्सा जारी गरिएको द्र प्रिन्टले उल्लेख गरेको छ । यसअघि गत नोभेम्बरमा भारतले अंग्रेजी भाषामा भारतको नयाँ नक्सा प्रकाशित गरेको थियो । जसमा नेपालको कालापानी क्षेत्रलाई पनि भारतीय सिमानाभित्र समावेस गरिएपछि नेपालमा ठूलो तरंग सृजना भएको थियो । कालापानी क्षेत्र भारतले आफ्नाे सिमानामा पारेर नक्सा सार्वजनिक गरेपछि नेपालमा चर्काे विराेध भएकाे थियाे । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया दिनुहोस्