आज यि स्थानमा चट्याङसहित वर्षा हुने



काठमाडौं : आज (शनिबार) देशको पश्चिमी भूभागलगायत मध्य तथा पूर्वी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज देशमा कुनै पनि मौसमी प्रणाली नभएको महाशाखाले जनाएको छ । शनिबार महाशाखाले दैनिक मौसम बुलेटिन जारी गर्दै हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ ।

महाशाखाका अनुसार शनिबार दिउँसो देशको पश्चिमी भूभाग लगायत मध्य तथा पूर्वी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी भूभागमा आंशिक बदली रहनेछ । पश्चिमी पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।

यसैगरी देशको पश्चिमी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भूभागमा आंशिक बदली रहनेछ । पश्चिमी पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै भोलि (आइतबार) दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । साथै अपरान्हपछि पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्