टोखामा कार र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु



काठमाडौंः काठमाडौंको टोखामा गएराति कार र मोटरसाइकल आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने अर्का एकजना गम्भिर घाइते भएका छन् । प्रहरीका अनुसार मृत्यु हुनेमा मोटरसाइकलमा पछाडी सवार काठमाडौंकै बसुन्धारा बस्ने स्याङ्जा, चापाकोट नगरपालिका –१० का १८ वर्षीय सफल माझी छन् । दुर्घटनामा गम्भीर घाइते भएका माझीको उपचारको क्रममा ग्रिनसिटी अस्पताल धापासीमा गएराति सवा १२ बजे मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक २२ वर्षीय प्रकाश बस्यालको सोही अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ । गएराति ११ बजे बा८च ८७६२ नम्बरको कार र बा६६प ५४२५ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए । कार चालकलाई महानगरीय प्रहरी वृत्त महाराजगंजले नियन्त्रणमा लिएको छ । 

प्रतिक्रिया दिनुहोस्