निर्माताले नै किन दिए नायक अनमोल केसीविरुद्ध उजुरी ?



काठमाडौं : चर्चित नायक अनमोल केसीविरुद्ध ठगी गरेको अभियोगमा उजुरी परेको छ । फिल्म खेल्ने बताउँदै ५ लाख रकम पहिलेनै लिएका केसीले फिल्म नखेलेको बताउँदै निर्माता जयन श्रेष्ठ र रुपेश खड्कीले महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी हालेका छन् ।

फिलिम्स नेपाल, जयन श्रेष्ठ इन्टरटेनमेन्ट प्रालिबाट निर्माण हुन लागेको फिल्म धूपौरेमा अभिनय गर्ने भन्दै श्रेष्ठ र खड्गीले केसीसँग गत असोज ३ गते ४० लाख पारिश्रमिक दिनेगरी सम्झौता गरेका थिए ।

उनीहरुको सम्झौता अनुसार ५ लाख एडभान्स दिएपछि केसीले फिल्म नखेलेको उजुरीमा उल्लेख छ । केसीका कारण हानी नोक्सानी पुगेकोले कानुन बमोजिम क्षतिपूर्ति दिलाइदिन उजुरीमा माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्