टी–ट्वान्टीमा सन्दीपको १०० विकेट पुरा



काठमाडौं : नेपाल राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले टी–ट्वान्टी क्रिकेटमा १०० विकेट पुरा गरेका छन् ।

थाइल्याण्डमा जारी एसीसी इस्टर्न रिजन पुरुष टी–ट्वान्टी कप क्रिकेटको पहिलो खेलमा सिंगापुरविरुद्ध एक विकेट लिँदै सन्दीपले १०० विकेट पुरा गरेका हुन् ।

योसँगै सन्दीप टी–ट्वान्टीमा १०० विकेट लिने पहिलो नेपाली खेलाडीको कीर्तिमान बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्