कालिका कन्स्ट्रक्सनको चरम लापरवाही : एक बालकाे ज्यान गयाे, ३ बालिकाकाे अवस्था गम्भिर



वीरगन्ज : निर्माण कम्पनी कालिका कन्स्ट्रक्सनको लापरवाहीका कारण वीरगन्जमा सोमबार एक  बालकको मृत्यु भएको छ । यो घटनामा तीन बालिका गम्भिर घाइते भएका छन्  । 

 

जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि रहेको लालबंगला दरबारको खाली जग्गामा कालिका कन्स्ट्रक्सन प्रालिले चाङ लगाएर महिनौ दिनदेखि थुपारेको ह्युम पाइपले च्यापिएर वीरगन्ज–९ रानीघाटका चारजना बालबालिका गम्भीर घाइते भएकोमा एकको ज्यान गएको हो । 

 

घाइते भएका चारजना बालबालिकामध्ये बालमुकुन्द राउत चौधरीका छोरा वर्ष आठका रोहित चौधरीको मृत्यु भएको हो ।  वीरगन्ज हेल्थ केयर अस्पतालमा उपचारका क्रममा रोहितको सोमबार राति सवा आठ बजेतिर मृत्यु भएको पर्साका प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए । 

 

घटनामा जीराभवानी गाउँपालिका–१ स्थायी घर भइ हाल वीरगन्ज–९ रानीघाटमा बस्दै आएका गोविन्द चौधरीका छोरी १० वर्षीया अनुष्का चौधरी र सात वर्षकी अंकिता चौधरी घाइते भएका छन् । त्यसैगरि वीरगन्ज–९ रानीघाटका राकेश यादवकी छोरी नौ वर्षीया आयुषा यादव पनि घाइते भएकी छन् । 

 

१० वर्षकी अनुष्का चौधरी र सात वर्षकी अंकीता चौधरीको वीरगन्जमा उपचार सम्भ्व नभएपछि थप उपचारका लागि दुवै दिदीबहिनीलाई सोमबार राति नै एम्बुलेन्सबाट काठमाडौँ पठाइएको छ । अर्की गम्भीर  घाइते वीरगन्ज ९ रानीघाटका राकेश यादवकी छोरी नौ वर्षीया आयुषा यादवको वीरगन्ज हेल्थ केयर अस्पालमै शल्यकृया भइरहेको प्रहरी नायव उपरिक्षक थापाले जानकारी दिए । 

 

वीरगन्ज महानगरमा भूमिगत ढल र नाला निर्माणका लागि ठेक्का सकारेको कालिका कन्स्ट्रक्सनले लालबंगला परिसरमा तीन महिनादेखि एक हजार भन्दा बढी सिमेन्टेड ह्युम पाइप चाङ लगाएर राखेको थियो । 

 

सोमबार साँझ साढे ५ बजे तिर  लालबंगला परिसरमा खेल्ने क्रममा ह्युम पाइपले चार जना बालबालिकालाई च्यापेपछि तत्कालै उनस्हरुको उद्धारका लागि घटनास्थलमा चारवटा लोडर र एउटा डोजर पुगेको थियो ।

 

घटनास्थलमा पुगेका जेसीबी र डोजरको मद्धतमा नेपाल प्रहरी, सशस्त्र प्रहरी नेपाली सेना र वीरगन्ज महानगरका कर्मचारीले सुरुमा अंकिता र अनुष्काको उद्धार गरि उपचारका लागि वीरगन्ज हेल्थ केयर अस्पतालमा पठाएका थिए । 

 

त्यसको आधा घण्टापछि उद्धारकर्मीहरुले आयुषा र रोहितलाइ पनि उद्धार गरि उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पतालमा पु¥याइएको उद्धारमा संलग्न नेपाली सेनाका मेजर हरि पाण्डेले जानकारी दिए । 

 

अस्पतालमा उपचार गराइरहेका मध्ये रोहित र अनुष्काको अवस्था अरुको भन्दा जटिल रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएको प्रहरी नायव उपरिक्षक थापाले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्