किन भयो विदेशमा नेपाल भ्रमण वर्षको प्रचार स्थगित ?



काठमाडौं : सरकारले विदेशमा नेपाल भ्रमण वर्ष २०२० को प्रचार स्थगित गरेको छ ।

चीनको वुहानबाट शुरु भएको कोरोनाभाइरसको संक्रमण युरोपसम्म पुगेपछि गत जनवरी १ मा भव्य समारोहकाबीच उद्घाटन गरिएको नेपाल भ्रमण वर्षको प्रवर्द्धनात्मक प्रचार स्थगित गर्ने निर्णय सरकारले गरेको हो ।

आज (शनिबार) आयोजित बौद्ध चामुण्डा हेरिटेज वाक कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले केही समयका लागि भ्रमण वर्षको प्रचार स्थगित गरिएको बताएका छन् ।

पर्यटनमन्त्री भट्टराईले भने–‘जब परिस्थिति अनुकुल हुन्छ, सन्त्रासहरु हट्दै जान्छन्, त्यसपछि हामी सक्रियताका साथ भ्रमण वर्षको प्रवर्द्धनात्मक कार्यक्रम गर्नेछौं ।’

विदेशमा प्रचार स्थगित भएको जानकारी दिएका मन्त्री भट्टराईले अब देशभित्रकै पर्यटन प्रवर्धनमा जोड दिने बताए ।

सरकारले २०२० मा २० लाख पर्यटन नेपाल भित्र्याउने लक्ष्य राखेको थियो । तर, कोरोनाभाइरसका कारण पर्यटन ल्याउने लक्ष्यलाई समेत असर पारेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्