बलिउडका कम चर्चित खान



एजेन्सी : बलिउडमा अहिले खानहरुले राज गरिरहेका छन् । सबैभन्दा धेरै ब्लक बस्टर चलचित्र दिनेमा तीन खान शाहरुख, सलमान र आमिर पर्छन् । बलिउडमा यी खानबाहेक अन्य खान पनि छन् । जो शाहरुख, सलमान र आमिरजति चर्चामा आउन सकेनन् ।

बलिउड स्टार सञ्जय खानका छोरा जायद खानले धेरै फिल्म खेल्ने मौका पाए पनि आफूलाई स्थापित भने गर्न सकेनन् । उनले सन् २००३ मा ‘चुरालिया हे’ नामक फिल्मबाट डेब्यु गरेका थिए । त्यो फिल्म त्यति चलेन ।  उनले काम गरेका फिल्महरुमा ‘वादा’, ‘दस’, ‘शादी नम्बर वान’, ‘क्यास’, ‘स्पिड’, ‘तेज’ लगायतका रहेका छन् । 

फरदिन खानले सन् १९९८ मा ‘प्रेम अगन’ बाट बलिउडमा प्रवेश गरेका थिए । उनले काम गरेका अन्य फिल्महरुमा ‘जंगल’, ‘प्यार तुने क्या किया’, ‘हम हो गए आपके', ‘खुसी’, ‘देव’, ‘प्यारे मोहन’, ‘लाइफ पार्टनर’ लगायतका रहेका छन् ।

आमिर खानको भान्जा इमरान खानकोे डेब्यु फिल्म ‘जाने तु या जाने ना’  थियो । उनले काम गरेका फिल्महरुमा  ‘किड्न्याप’, ‘लक’, ‘ब्रेक के बाद’, ‘एक मे और एक तु’, ‘गोरी तेरे प्यार मे’ लगायतका रहेका छन् ।

साजिद खान फिल्म निर्माता र निर्देशक मात्र नभएर नायक, कमेडियन र डिजे पनि हुन् । साजिदले ‘झुठ बोले कौवा काटे’, ‘मे हु ना’, ‘मुझसे सादी करोगी’, ‘ह्याप्पी न्यु इयर’ लगायतका फिल्ममा काम गरेका छन् । निर्देशकको रुपमा उनले ‘डरना जरुरी हे’, ‘हे बेबी’, ‘हाउसफुल’, ‘हाउसफुल २’, ‘हिम्मतवाला’, ‘हमशकल्स’ लगायतका फिल्ममा काम गरेका छन् । 

कमाल राशिद खानले सन् २००८ मा ‘देशद्रोही’ बाट नायक र निर्माताको रुपमा डेब्यु गरेका थिए । उनले सन् २०१४ मा ‘एक विलेन’ र सन् २००६ मा ‘मुन्ना पान्डे बेरोजगार’मा काम गरेका छन् ।आमिर खानका कान्छा भाइ फैजल खानले को ‘प्यारका मौसम’, ‘मेला’, ‘बोर्डर हिन्दुस्तान की’, ‘बस्ती’, ‘चाँद बुझ गया’ लगायतका फिल्ममा काम गरेका छन् ।  

 

दीलिप कुमारका भतिजा आयुव खानले टिभी सिरियल ‘उतरन’ बाट राम्रो नाम कमाएका थिए । उनले सन् १९९२ मा ‘मासुक’ बाट करियर शुरुवात गरेका थिए । उनले ‘मेरी आन’, ‘सलामी’, ‘खिलौना’, ‘जियो शान से’, ‘जाने जिगर’, ‘मेला’, ‘रेवगती’ लगायत धेरै फिल्महरुमा काम गरेका छन् । 

कादर खानका छोरा सरफराजले ‘क्या यही प्यार हे’, ‘मैने दिल तुझको दिया’, ‘बाजार’, ‘वादा’, ‘मिलेंगे मिलेंगे' लगायतका फिल्महरुमा काम गरेका छन् । साहिल खानले सन् २००१ मा ‘स्टाइल’बाट डेब्यु गरेका थिए । उनले ‘एक्सक्युज मी’, ‘ये हे जिन्दगी’, ‘डबल क्रस’, ‘अलादीन’, ‘रामा द सेवियर’ लगायतका फिल्ममा काम गरेका छन् । 

 

प्रतिक्रिया दिनुहोस्