सुनिल शेट्टी ‘मराकर : अराविकदालइन्ते सिम्हम’मा



एजेन्सी : बलिउडको चर्चित नायक सुनिल शेट्टी मल्यालम सुपरस्टार मोहन लालको नयाँ फिल्ममा देखिने भएका छन् । यी दुवै जना पहिलोपल्ट सँगै काम गरिरहेका छन् । 

सुनिल शेट्टी मोहनलालको नयाँ फिल्म ‘मराकर : अराविकदालइन्ते सिम्हम’ मा एक योद्धाको भूमिकामा  देखिने भएका छन् । यस फिल्मको सुटिङ छिटै नै हैदरावादको रामाजी स्टुडियोमा सुरु हुने भएको छ । 

सुनिलले आफ्नो ट्वीटरमार्फत फिल्ममा हुने आफ्नो पात्रको स्वरूप सार्वजनिक गरेका छन् । सो तस्बिरमा उनलाई लामो कपाल, दाह्री र जुँगामा देख्न सकिन्छ । यस फिल्ममा १६औं शदाब्दीको कथा प्रस्तुत गरिएको छ ।  महँगो बजेटमा तयार भइरहेको यो फिल्म मलयालम, हिन्दी, तमिल तथा तेलेगु भाषामा रिलिज हुने भएको छ । 

 

प्रतिक्रिया दिनुहोस्