योगी नरहरिनाथलाई राष्ट्रिय विभूति घोषणा गर्न माग



काठमाडौं : राष्ट्रगुरु योगी नरहरिनाथलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरिएको छ ।

योगी नरहरिनाथ ट्रष्ट आध्यात्मिक परिषदले आज आयोजना गरेको १०७ औँ जन्मजयन्ती तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै स्वामी हरिहरानन्द सरस्वतीले प्राचीन इतिहासलाई उत्खनन् र उजागर गर्न उनको अविस्मरणीय योगदान रहेको बताए ।

योगी नरहरिनाथको योगदानको कदर गर्दै राष्ट्रिय विभूति घोषणा गरिनुपर्नेमा उनले जोड दिए । कार्यक्रममा पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा.घनश्याम खतिवडाले योगीले लेखेका पुस्तक संरक्षण एवं संवद्र्धनका लागि कोषले सहयोग गर्ने प्रतिबद्धता जनाए ।

प्रा.डा.रत्नकमल वैद्यले उनलाई राष्ट्रिय विभूति घोषणाका लागि दबाब दिनुपर्ने बताए । प्रा.डा. सुषमा आचार्यले युवावर्गमा आध्यात्मिक शिक्षा नहुँदा विदेशिएकाले नैतिक र संस्कृत शिक्षालाई अनिवार्य बनाइनुपर्नेमा जोड दिए । इञ्जिनीयर प्रा.देवीप्रसाद चापागाईंले राजाको प्रत्यक्ष शासनका बेलामा पनि राजाकै गलत क्रियाकलापको विरोधमा सार्वजनिक रुपमा बोल्न सक्ने व्यक्तित्व योगीबाट पाठ सिक्नुपर्ने बताए ।

योगी नरहरिनाथ र बालागुरु षडानन्द अधिकारीलाई राष्ट्रिय विभूति घोषणा गर्न पनि उनले माग गरे । कार्यक्रममा परिषदका अध्यक्ष शंकर पौडेल, उपाध्यक्ष दिवाकरविक्रम शाह, सम्मानित व्यक्तित्व हर्कबहादुर तामाङलगायतले पनि योगीलाई राष्ट्रिय विभूति घोषणा गर्न ढिलाइ गर्नु नहुनेमा जोड दिए ।

सो अवसरमा डा.खतिवडा, प्रा.डा.वैद्य, प्रा.डा.आचार्य, इ प्रा.चापागाईं र तामाङलाई उनीहरुले विभिन्न क्षेत्रमा पुर्याएको योगदानका लागि सम्मान गरिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्