करिना कपुरलाई चुनाव लड्न मनाउँदै कांग्रेस



एजेन्सी : करिना कपुरको भोपालसँगको सम्बन्ध देखेर त्यहाँका भारतीय कंग्रेसका नेताहरुले उनलाई लोकसभा चुनाव लड्न आग्रह गरेका छन् ।

भोपाल करिना कपुरको माइती हो । त्यसैले उनी श्रीमान् सेफ अली खानसँग त्यहाँ गइरहन्छिन् । त्यसैले ४० वर्षदेखि भोपालको चुनाव हारिरहेको कंग्रेसलाई करिनाले जिताउन सक्ने विषयमा कांग्रेस भित्र चर्चा सुरु भएको छ ।

 

भारतीय जनता पार्टी (भाजपा) को किल्ला बनिसकेको भोपालमा करिनाको प्रवेश हुँदा किल्ला भत्काउन सकिने कंग्रेसको आँकलन छ । प्रान्तीय चुनावमा राम्रो जित निकालेसँगै लोकसभामा पनि कंग्रेसले राम्रै आश गरेको छ ।

भोपालमा युवा मतदाताको संख्या धेरै भएका कारण उनीहरुलाई करिनाले आकर्षित गर्न सक्ने बताइएको छ । अहिले भारतीय राजनीतिमा करिनाको उम्मेदवारीलाई लिएर चर्चा भइरहेको छ । करिना र सैफ बिदा मनाउन भोपाल जाने गरे तापनि राजनीतिक गतिविधिमा भने अहिलेसम्म सहभागी भएका छैनन् ।

 

अभिनेत्री जया बच्चनको पनि भोपालसँग सम्बन्ध छ । हाल उनी राज्यसभा र उत्तर प्रदेशमा धेरै सक्रिय छिन । भोपाल जया बच्चनको पनि माइती हो । धेरैपटक अमिताभ बच्चन र जया भोपालबाट चुनाव लड्ने चर्चा समेत भएको थियो ।

प्रतिक्रिया दिनुहोस्