सीके राउतलाई राज्यविरुद्धको अपराधको मुद्धा चलाइयो



रौतहट : जिल्ला प्रहरी गौरले सीके राउतलाई राज्यविरुद्धको अपराधको मुद्दा चलाएको छ ।

 

उनलाई सोमबार प्रहरीले अदालत पेस गरी अनुसन्धानका लागि ४ दिनको म्याद लिएको छ । राउतलाई ४ दिन म्याद थपेर प्रहरीले अनुसन्धानका लागि हिरासतमा राखेको छ । 

राउतसँगै उनका समर्थक चारजनालाई पनि मुद्धा चलाइएको छ । देश टुक्र्याउने अभिव्यक्ति दिएर भूमिगत भएका डाक्टर सीके राउतलाई प्रहरीले आइतबार रौतहटको सदरमुकाम गौरबाट पक्राउ गरेको थियो ।

अदालतको तारेखमा आएका राउतले अदातलबाट निस्केपछि देश टुक्र्याउने अभिव्यक्ति दिँदै नारा लगाएर हिँडेपछि प्रहरीले उनलाई आइतबार पक्राउ गरेको थियो ।

 

उनीसँगै उनका सहयोगी रामेश्वर राय यादव र सञ्जय स्वराजलाई पनि आइतबार प्रहरीले पक्राउ गरेको थियो । गएको असोज ३ गते प्रशासनलाई चुनौती दिँदै सीके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनले जनकपुरमा  संविधान दिवस विरोधी कार्यक्रम गरेका थिए ।

 

स्वतन्त्र मधेसको अभियानमा लागेका डाक्टर सिके राउत नेतृत्वको मधेस गठबन्धको पूर्व घोषित कार्यक्रमलाई असफल पार्न प्रहरीले दुई दिन अघिदेखि नै कार्यकर्तालाई धडपकड सुरु गरेको थियो । 

कडा सुरक्षाका बाबजूद मधेस गठबन्धनका सयौँ कार्यकर्ताले जनकपुरमा प्रदर्शन गरेका थिए भने प्रहरीको विशेष खोजी सूचीमा रहेका गठबन्धनका संयोजक सिके राउत रामानन्दचोकमा प्रहरी प्रशासनकै अगाडि कोणसभालाई झण्डै २० मिनेट सम्बोधन गरेर पुनः भूमिगत भएका थिए ।

 

राउतको त्यो अभिव्यक्ति असामान्य भएको र सरकारले राउतलार्इ पक्राउ नगरेको भन्दै सरकारको आलोचना भएको थियो

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौंः सरकारले असोज ८ र १२ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ ।

धरानः धरान उपमहानगरपालिका-२ की कोरोना संक्रमित महिलाको उपचारको क्रममा आज (सोमबार) मृत्यु भएको छ ।

काठमाडौं : १६ वर्ष मुनिका बालिका बलात्कार गरी हत्या गर्ने घटनाविरुद्धका कानुनी प्रावधानमा कडाइ पार्नका

काठमाडौं : यातायता व्यवस्था विभागले असोज २० गतेबाट दशैंको अग्रिम टिकट बुकिङ खुलाउन प्रस्ताव गरेको

काठमाडौं– संघीय संसदमा प्रतिनिधित्व गर्ने महिला सांसदहरुले संविधान संशोधन गरेर १६ वर्ष मुनिका बालिकालाई बलात्कार

काठमाडौंः प्रधानमन्त्री एवंं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मन्त्रिपरिषद

काठमाडौं : संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका महिला सांसदहरुले १६ वर्षभन्दा मुनिका बालिकालाई

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भेटवार्ता हुँदैछ

काठमाडौं : जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभरको मौसममा सामान्यदेखि आंशिक बदली रहने जनाएको

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा राजस्थान रोयल्सले कीर्तिमानी जीत हात पारेको छ ।

काठमाडौं– घरेलु श्रमिकका रुपमा खाडी मुलुकमा जाने कामदारहरुको अवस्था पारदर्शी बनाउँदै पासपोर्ट आफ्नो साथमा राख्ने

काठमाडौं : सरकारले पीसीआर परीक्षण गराउँदै आएका प्रयोगशालालाई कोरोना रिपोर्ट आफैं दिन निर्देशन दिएको छ