कर्मचारीको अनुशिक्षण कार्यक्रम सम्पन्न



चितवन : राष्ट्रसेवक कर्मचारीका लागि सकारात्मक चिन्तन र अभिप्रेरणात्मक अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कर्मचारी मिलन केन्द्रको आयोजनामा आज यहाँ सम्पन्न कार्यक्रममा पूर्वसचिव कृष्णहरि बाँस्कोटाले प्रशिक्षण दिएका थिए ।

बाँस्कोटाले कर्मचारीको इमान्दारिता र लगनशीलताले लक्ष्यमा पु¥याउन सहयोग पुग्ने बताए । कर्मचारीमा इमान्दारिता र लगनशीलता नभए देशले समृद्धि प्राप्त गर्न नसक्ने उनको भनाइ थियो । उनले भने, “कर्मचारीको लगनशीलताले मात्र देशले समृद्धि प्राप्त गर्न सक्छ ।” कर्मचारी जनताको सेवक भएका कारण जनतालाई उच्च प्रथामिकतामा राखेर काम गर्न जरुरत रहेको उनले बताए ।

सेवाग्राहीलाई सेवा प्रदान गर्दा सकारात्मक सोचका साथ गर्नु आवश्यक रहेको भन्दै उनले कर्मचारीलाई नकारात्मक सोच हटाउन आग्रह गरे । व्यक्तित्व विकासमा पनि सकारात्मक सोचले सहयोग गर्ने उनले बताए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई, कर्मचारी मिलन केन्द्र जिल्ला शाखा अध्यक्ष महेन्द्र प्रसाद पोख्रेललगायतले बोलेका थिए । रासस

प्रतिक्रिया दिनुहोस्