कुख्यात ठग पक्राउ



काठमाडौं : काठमाडौं नख्खुबाट कुख्यात ठग पक्राउ परेका छन् । आइतबार राष्ट्रिय अनुसन्धानमा जागिर लगाइदिन्छु भन्दै २४ लाख ठगी गर्ने रमेश बडु पक्राउ परेका हुन् ।

महानगरीय अपराध महाशाखाका अनुसार बडुले नेपाली सेनाको अहरी दमन सिंहदरबारगणमा कार्यरत सिपाही भिम बहादुर भण्डारीलाई रक्षा मन्त्रालयको सचिवलाई चिनेको छु भन्दै शान्ति सेनामा पठाइदिने भनी २ लाख ५० हजार बैंकमा जम्मा गर्न लगाएका थिए । भने अन्य २ जनालाई राष्ट्रिय अनुसन्धानमा जागिर लगाइदिन्छु भन्दै २४ लाख ठगी गरेको अपराध महाशाखाले जनाएको छ ।

प्रहरीले उनलाई आइतबार नै अदालतमा उपस्थित गराएको थियो । उच्च अदालत पाटनले बडुलाई २ महिना ४ दिन कैद र दुई लाख पचास हजार (२,५०,०००) जरिवाना तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्