मेयरकै अस्पताल सिलबन्दी भएपछि …



उदयपुर : नजिकँदो चाडपर्वलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय उदयपुरले बजार अनुगमनलाई पछिल्लो समय तिब्रता दिएको छ  । जिल्ला प्रशासनका प्रशासकीय अधिकृत खेमराज थापाको नेतृत्वमा गएको आज गएको अनुगमन टोलीले चौदण्डीगढी नगरपालिका प्रमुख खगेन्द्र राईको निजी अस्पतालमा सिलबन्दी गरेको छ । 

 

चौदण्डीगढी नगरपालिकाको बेल्टार बजारमा रहेको चौदण्डीगढी हस्पिटल बन्द गरेको हो । हस्पिटलको इजाजत पत्र र अन्य आवश्यक कागजात फेला नपरेपछि बन्द गरेको अनुगमन टोलीका प्रशासकीय अधिकृत थापाले जानकारी दिए । 

 

‘कुनै पनि सरकारी मापदण्ड पूरा गरेको भेटिएन,’ उनले भने, ‘कागजात पूरा गरेर नल्याएसम्मको लागि सिलबन्दी गरेका हौँ, मेयर साबले किन बन्द गरेको भन्दै प्रश्न गर्नुभएको छ ।’ आफ्नो हस्पिटलमा सिलबन्दी गरेपछि मेयर राईले अनुगमन टोलीका संयोजक थापासँग आक्रोश व्यक्त गरे । 

प्रतिक्रिया दिनुहोस्