कोरोनाको असरः अमेरिकाद्वारा इरान, इटाली र दक्षिण कोरिया यात्रामा प्रतिबन्ध


वासिङ्टन : संयुक्तराज्य अमेरिकाले आफ्ना नागरिकलाई कोरोना प्रभावित इरान, इटाली र दक्षिण कोरिया भ्रमण नगर्न आदेश दिएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पसँगै आयोजित पत्रकार सम्मेलनमा उपराष्ट्रपति माइक पेन्सले विगत १४ दिनभित्र इरान भ्रमण गरेका कुनै पनि विदेशी नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध पनि लगाइने जानकारी दिनुभयो । यही शर्त इटाली र दक्षिण कोरियाका सम्बन्धमा पनि लागू हुनेछ ।

अमेरिकी स्वास्थ्य विभागले कोरोना सङ्क्रमित एक व्यक्तिको मृत्यु भएको घोषणा गरेलगत्तै अमेरिकाले नयाँ प्रतिबन्धहरु घोषणा गरेको हो ।

उपराष्ट्रपति पेन्सले इरानी नागरिकमाथि यात्रा प्रतिबन्ध पहिल्यैदेखि रहे पनि विगत १४ दिनयता इरान भ्रमण गरेका कुनै पनि विदेशीलाई अमेरिका प्रवेश गर्न नदिइने बताउनुभयो ।

उनले इटाली र दक्षिण कोरियाका कोरोना प्रभावित इलाकाहरुमा भ्रमण नगर्न सल्लाह दिइएको पनि बताए ।

त्यस अवसरमा राष्ट्रपति ट्रम्पले संयुक्तराज्य अमेरिकामा २२ जनामा कोरोनाको सङ्क्रमण देखिएको जानकारी दिँदै पछिल्लो परिस्थितिको सामना गर्न अमेरिका तयार रहेको बताए । उनले कोरोनाभाइरसको खोप निर्माणका सन्दर्भमा कुराकानी गर्न अमेरिकाका विशिष्ट औषधि निर्माता कम्पनीहरुलाई छलफलका लागि आमन्त्रण गरेको जानकारी दिए ।

चीनको उहानबाट फैलिएको कोरोनाभाइरस बेलायत, सिंगापुर, इटाली, फ्रान्स, रसिया, स्पेन, इरान, भारत समेत विश्वका ४५ भन्दा बढी देशमा फैलिइसकेको छ । विश्व स्वास्थ्य संगठनले कोरोनाको सङ्क्रमणलाई अन्तर्राष्ट्रिय स्वास्थ्य आपतकालको रुपमा घोषणा गरेको छ ।

चिनियाँ स्वास्थ्य आयोगले शनिबार कम्तीमा ४७ जनाको मृत्यु भएको जनाएको छ । चीनमा मात्र हालसम्म दुई हजार ८३५ जनाको ज्यान गइसकेको छ । –रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : नेपाल प्रहरीले विदेशबाट फर्किएका नेपालीहरुमा कोरोनाभाइरस (कोभिड–१९)को संक्रमण देखापर्न थालेपछि विदेशबाट आउने सबैलाई

उदयपुर : उदयपुरको कटारी अस्पतालको आइसोलेसन वार्डमा कोरोनाभाइरस (कोभिड–१९)को आशंकामा भर्ना भएका एक जना बिरामी

वीरगन्ज– विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट जोगिन विभिन्न समाजिक अभियान्ता स्थानियको

काठमाडौं : विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको प्रकोप रोकथाम तथा नियन्त्रणका लागि विश्व बैंकले

काठमाडौं : अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन जारी गरेको सरकारी आदेशविरुद्ध तपाईँ विना काम वा

जनकपुरधाम : विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणको त्रास एवं निरन्तरको लकडाउनका कारण जनकपुरधामस्थित

काठमाडौं : सरकारले कोरोनाभाइरस सङ्क्रमणको परीक्षण आउँदो सातासम्ममा नेपालगञ्ज र पोखरामा पनि सुरु गर्न सकिने

काठमाडौं : काठमाडौं उपत्यका बाहिर फेरी एक युवतीमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण भएको पुष्टि भएको छ

एजेन्सी : विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २७ हजार नाघेको

काठमाडौं : इटलीले कोरोनाभाइरसको सङ्कटका कारण अन्तिम संस्कारको आयोजनामा प्रतिबन्ध लगाएको छ। कोरोनाभाइरसले आफ्ना दिवङ्गत

वीरगन्ज– वीरगन्ज महानगरपालिकाले महानगरक्षेत्रमा विषादी छर्ने काम शुरु गरेको छ । कोरोना भाइरस (कोभिड १९)

काठमाडौं : नेपाल एयरलाइन्सको विमान नेपालगञ्ज विमानस्थलमा दुर्घटना हुनबाट जोगिएको छ । काठमाडौंबाट नेपालगन्ज पुगेको