पप्पुको पुलमा दुर्घटना: पीडितलाई सुटुक्क पैसा



रौतहट : लालबकैया नदीमा डुंगा दुर्घटना भएको झन्डै ६ सातापछि पप्पु कन्स्ट्रक्सनले मृतकका परिवारलाई क्षतिपूर्तिबापतकाे रकम दिएको छ ।

 

स्थानीय प्रशासनलाई जानकारी नै नदिई कन्स्ट्रक्सनका अध्यक्ष सुमित रौनियारका नातेदारले सोमबार पीडितलाई घरमै भेटेर ‘सुटुक्क’ रकम दिएका हुन् । डुंगा दुर्घटनामा ५ जनाको मृत्यु भएको थियो । मृतकका परिवारलाई ३ लाख ५ हजारका दरले पैसा दिइएको छ ।

 

पीडित परिवारलाई पैसा बुझेको कागजमा हस्ताक्षर गराइएको छ । पप्पु कन्स्ट्रक्सनका संस्थापक अध्यक्ष हरिनारायण रौनियारका ज्वाइँ डा.महेश्वर कुर्मी आएर रकम दिएको मृतक परिवारका सदस्य रामबाबु साहले बताए । अाजकाे कान्तिपुर दैनिकमा खबर छापिएकाे छ । 

प्रतिक्रिया दिनुहोस्