गाडीबाट खसेर सहचालककाे मृत्यु



भक्तपुर– मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरको अर्बिट स्कुल अगाडि सोमबार बसबाट खस्दा बसका सहचालकको मृत्यु भएको छ। 

 

बागबजारबाट सरस्वतीखेल चल्ने बा४ख ३१९१ नं को गुडिरहेको बसको पछाडि भर्‍याङबाट खस्दा अन्दाजी वर्ष २०/२२ वर्षका सहचालकको मृत्यु भएको हो।

 

उनको पहिचान खुल्न नसकेको महानगरीय प्रहरी वृत्त थिमिका प्रमुख प्रहरी नायव उपरीक्षक मिलन केसीले बताए।

 

सहचालकबारे चालक भक्तपुर नगरपालिका–३ सुकुलढोकाका सुन्दर कर्माचार्यलाई समेत थाहा नभएको केसीको भनाइ छ।

कर्माचार्यलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको छ। रासस

प्रतिक्रिया दिनुहोस्