किम जोङ उनले दिए कोरोना संक्रमित भेटिए गोली हान्ने आदेश



एजेन्सी : अपत्यारिला र सन्दै डर लाग्ने आदेश दिँदै आएका कोरियाका तानाशाही शासक किम जोङ उनले फेरि एकपटक विवादास्पद आदेश दिएका छन् ।

उनले कोरोनाभाइरस संक्रमितलाई लिएर निकै खतरनाक आदेश दिएका छन् ।

इन्टरनेशनल बिजनेस टाइम्सको रिपोर्टका अनुसार किमले देशको कुनै पनि क्षेत्रमा कोरोना भाइरस संक्रमित भेटिए गोली हान्ने आदेश दिएका छन् ।

रिपोर्टका अनुसार चीनबाट फर्किएका एक व्यापारीलाई कोरोना संक्रमण देखिएपछि गोली हानेर मारेको खुलासा पनि भएको छ ।

संक्रमित व्यक्तिबाट अन्य व्यक्तिमा नफैलियोस् भनेर यस्तो कदम उठाएको उत्तर कोरियाका सञ्चार माध्यमहरुमा उल्लेख छ ।

पछिल्लो समय विश्व नै कोरोना भाइरसको संक्रमणको चपेटामा परेको छ । भाइरसका कारण मृत्यु हुनेको संख्या ३००० पुगिसकेको छ । विश्वभरी लगभग एक लाख व्यक्ति संक्रमित भइसकेका छन् ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले यस भाइरसको नाम सीओभीआईडी–१९ नाम दिएको छ । यो भाइरस चीनको हुबेई प्रान्तमा उत्पति भएको थियो ।

प्रतिक्रिया दिनुहोस्