इन्स्टाग्राममा सलमान खानको ‘फलोअर्स’ तीन करोड



एजेन्सी : बलिउड सुपरस्टार सलमान खानको सामाजिक सञ्जाल इन्स्टाग्राममा ३ करोड फलोअर्स पुगेका छन् ।

उनलाई मन पराउनेको संख्या ३० मिलियन पुगेपछि उनले सामाजिक सञ्जालमा धन्यवाद दिँदै फलोअर्सका लागि एउटा भिडियो बनाएर सेयर गरेका छन् ।

सलमानले आफ्नो इन्स्टाग्राममा बुम्रयाङ भिडियो सेयर गर्दै लेखेका छन्, ‘उई मा ३ करोड ! सबैलाई धन्यवाद ! ’

View this post on Instagram

Ouii ma 30 million! Thank u all!

A post shared by Salman Khan (@beingsalmankhan) on

सलमान खानको यो डाइलग उनको फिल्म ‘अन्दाज अपना अपना’ को हो । उनले अमिर खान, करिश्मा कपूर र रवीना टन्डनसँग यो फिल्ममा मुख्य भूमिका निभाएका छन् ।

उनले शेयर गरेको भिडियोमा एक प्रशंसकले लेखेका छन्, ‘लभ यु सलमान’, अर्का प्रशंसकले लेखेका छन्, ‘ओहो स्वाग’ र अर्का एक जनाले लेखेका छन्, ‘म तपाईंको सबैभन्दा ठूलो फ्यान हुँ सर ।’

प्रतिक्रिया दिनुहोस्