‘पागलपन्ती’ मा उर्वशी रौटेला



एजेन्सी : अभिनेत्री उर्वशी रौटेला लामो समयदेखि ठूलो ब्यानरको फिल्म खेल्ने कोसिसमा थिइन् । अब भने उनको कोसिस सफल हुने भएको छ । यति बेला ठूलो ब्यानरको एउटा फिल्म ‘पागलपन्ती’ उर्वशीको हात परेको छ । 

 

फिल्म ‘पागलपन्ती’ मा उर्वशीको महत्वपूर्ण भूमिका रहनेछ । ‘पागलपन्ती’ एक कमेडी फिल्म हो, जसको निर्देशन अनिश बज्मीले गर्दैछन् । अनिशले ‘नो इन्ट्री’, ‘रेडी’, ‘थ्यांक यु’ जस्ता फिल्म निर्देशन गरिसकेका छन् । ‘पागलपन्ती’ ठूलो बजेटको फिल्म हो । यस फिल्ममा जोन अब्राहमको साथमा इलियाना डिक्रुज, अनिल कपुर, अरसद वारसी, कृति खरबन्दा, पुलकित सम्राट्लगायतका कलाकारले काम गरेका छन् ।

 

यस फिल्मको सुटिङ लन्डनबाट सुरु हुने भएको छ । यसको सुटिङ ५० दिनमा सकिने निर्माण पक्षले जनाएको छ । उर्वशीले सनी देओलसँग ‘सिंह साहब द ग्रेट’ बाट करियर सुरु गरेकी थिइन् । त्यसपछि उनले ‘सनम रे', ‘ग्रेट ग्रान्ड मस्ती’ र ‘हेट स्टोरी सिरिज’का फिल्ममा काम गरिन् । ‘काबिल’ मा उर्वशीमाथि फिल्माइएको ‘सारा जमाना’ बोलको गीत हिट भएको थियो ।

प्रतिक्रिया दिनुहोस्