बलिउडका यी आइटम गर्ल जाे नाचेरै कराेडाैं कमाउँछन्



एजेन्सी : कुनै फिल्म हिट बनाउन आइटम सङले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । फिल्ममा रहेको आइटम सङले तरकारीमा हालेको मसलाको जस्तै काम गर्छ ।  विशेष गरेर बिग ब्यानरका फिल्ममा आइटम सङलाई निकै नै महत्व दिने चलन बलिउडमा छ ।

 

बलिउडका चर्चित आइटम सङहरुमा ‘मुन्नी बदनाम’, ‘शिलाकी जवानी’, ‘चिक्नी चमेली’ लगायतका छन् । आइटम सङमा  नचलेका र नयाँ आउने नायिकाले मात्र नभएर चर्चित नायिकाले पनि काम गरेको देखिन्छ । कतिपय नायिकाले फिल्मभन्दा पनि आइटम सङबाट  नाम र दाम कमाइरहेका छन् ।

 

अहिले फिल्मी सेक्टरमा आइटम गर्लको माग पनि ठूलै देखिन्छ । बलिउडका चर्चित आइटम गर्लहरुमा मलाईका अरोरा, उर्वशी रौटेला, ज्याक्लिन फर्नान्डेज, दिपिका पादुकोण, प्रियंका चोपडा, केटरिना केफ, सन्नी लियोनीलगायत छन् ।

 

बलिउडमा चर्चित आइटम डान्सरमा मलाईका अरोरा पर्छिन् । उनले नृत्य गरेको ‘दबंग’ को ‘मुन्नी बदनाम’ आइटम सङ निकै नै रुचाइएका मध्येमा पर्छ । प्रायः सबैजसो पार्टी र विवाह समारोहमा यो सग बज्ने गर्छ । मलाइकाको ‘अनारकल डिस्को चली’ अर्को सुपरहिट आइटम सङ हो । मलाइका एउटा आइटम सङका लागि २ करोड भारुसम्म लिने गर्छिन् ।

 

उर्वशी रौटेलाले केही फिल्ममा मुख्य पात्रको रुपमा काम गरे पनि उनलाई आइटम गर्लको रुपमा धेरैले मन पराउने गर्छन् । उर्वशीले एउटा आइटम गीतका लागि ५० लाख भारुसम्म लिने गरेकी छन् । नायिका ज्याक्लिन फर्नान्डेज आइटम गर्लको रुपमा पनि निकै चर्चित नाम हो । ज्याक्लिनले आइटम डान्स गरेको सङ ‘किक’ को ‘झुम्मेकी रात’ निकै चर्चित रहेको थियो । ज्याक्लिन एउटा आइटम सङको लागि २ करोड सम्म पारिश्रमिक लिने गर्छिन् ।

 

दिपिका पादुकोणलाई बलिउड क्विनका रुपमा चिनिन्छ । यसका साथै उनलाई आइटम गर्लका रुपमा पनि दर्शकले निकै रुचाएका छन् । उनले ‘ह्याप्पी न्यु एयर’ को ‘लव्ली’ लगायतका आइटम सङमा काम गरेकी छन् । फिल्ममा अभिनेत्रीको रुपमा महँगो पारिश्रमिक लिने दिपिका आइटम सङका लागि पनि महँगो पारिश्रमिक लिने गर्छिन् । उनी एउटा आइटम सङका लागि ३ करोड भारुसम्म लिने गर्छिन् । 

 

कटरिना केफ नायिकाका रुपमा जति चर्चित छिन्, आइटम गर्लका रुपमा पनि त्यति नै चर्चित छिन् । कटरिनाको ‘शिलाकी जवानी’, ‘चिक्नी चमेली’ जस्ता आइटम सङ निकै नै चर्चित रहेका छन् । कटरिना एउटा आइटम गीतका लागि ३ करोड सम्म लिने गर्छिन् ।

 

प्रियंका चोपडा बलिउडमात्र नभएर हलिउडमा पनि चर्चित नाम हो । उनी बलिउडमा आइटम गर्लको रुपमा पनि चिनिन्छिन् । उनका ‘जन्जिर’ को ‘पिंकी’, दोस्तानाको ‘देशी गर्ल’ चर्चित आइटम सङ हुन् । उनले एउटा आइटम सङको लागि ३ देखि ४ लाखसम्म लिने गर्छिन् । 

 

एक समय पोर्न स्टारका रुपमा चर्चित सन्नी लियोनी पछिल्लो समय बलिउडमा आइटम गर्लका रुपमा परिचित छिन् । पोर्न फिल्म छोडेर बलिउडका फिल्ममा काम गरेकी सन्नीलाई फिल्मले नाम दिन नसके पनि आइटम सङले भने नाम र दाम मज्जाले दिइरहेको छ । तिनै सन्नी बलिउडकी सबैभन्दा महँगो आइटम गर्ल हुन् ।

 

सन्नीले एउटा आइटम गीतका लागि ४ देखि ५ करोडसम्म लिने गरेकी छन् । उनी सर्वाधिक महँगी आइटम गर्ल हुन् । सन्नीको ‘शुट आउट एट वडाला’ को ‘लैला’ , ‘रइज’ को ‘लैला मै लैला’ जस्ता चर्चित आइटम सङ छन् ।

प्रतिक्रिया दिनुहोस्