टेम्पो दुर्घटनामा पाँच घाइते 



विराटनगरको बरगाछीमा दुर्घटनामा परेको टेम्पो ।

विराटनगर : कोसी राजमार्गअन्तर्गत विराटनगर महानगरपालिकाको बरगाछीमा मंगलबार दिउँसो भएको टेम्पो दुर्घटनामा परेर पाँचजना घाइते भएका छन् । 

 

उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को१ह ७७४ नम्बरको टेम्पो सडकमा पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा विराटनगर ५ का ३८ वर्षीय तवरेज आलम, सुनसरी सोनापुरका ७० वर्षीय चन्द्रबहादुर राउत, मोरङको धनपालन गाउँपालिका १ की ६५ वर्षीय भेगनीदेवी साह, विराटनगर १५ की २८ वर्षीय ममता साह र विराटनगर ११ की २५ वर्षीय सुमिक्षा बुढाथोकी घाइते भएका छन् ।

घाइतेमध्ये राउतको अवस्था गम्भीर छ । घाइतेहरुको विराट नर्सिङ होममा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेको टेम्पोमा सामान्य क्षति पुगेको छ । एउटा चक्का सडकको गहिरो भागमा परेपछि टेम्पो त्यहीं पल्टिएको थियो ।

प्रतिक्रिया दिनुहोस्