‘द ब्रेकअप’ फिल्मको ट्रेलर सार्वजनिक



काठमाडौं : हेमराज बिसी निर्देशित नयाँ फिल्म ‘द ब्रेकअप’ को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा फिल्मको निर्माण पक्षले युट्युबबाट ट्रेलर सार्वजनिक गरेको हो । यस फिल्ममा आशिरमान देशराज जोशी, शिल्पा मास्के, सरोज खनाल, रमणदास श्रेष्ठलगायतका कलाकारले अभिनय गरेका छन् ।

 

फिल्म ‘द ब्रेकअप’ फागुन १७ मा रिलिज हुने भएको छ । यस फिल्मको ६० प्रतिशत छायांकन अस्ट्रेलिया र ४० प्रतिशत पोखरामा भएको छ । यस फिल्मको कथा हेमराज बिसीले लेखेका छन् । फिल्ममा वासुदेव पाण्डे र बिराज गौतमको संगीत रहेको छ । त्यस्तै कविराज गहतराजको कोरियोग्राफी र सुरेन्द्र पौडेलको सम्पादन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्