रात्रि बसबाट ६ किलो सुनसहित भारतीय नागरिक पक्राउ



हेटौंडा : काठमाडौंबाट वीरगञ्ज जादैँ गरेको बसबाट सुनसहित भारतीय नागरिक पक्राउ परेका छन् ।

मंगलबार मकवानपुर प्रहरीले ६ किलो भन्दा बढी सुनसहित भारतको कर्नाटका ४२ बर्षीय अब्दुल मजिद अनेकललाई पक्राउ गरेको हो ।

वीरगञ्ज जाँदै गरेको रात्री बसलाई पूर्वपश्चिम राजमार्गको हेटौंडा –१५ रातोमाटेमा चेकजाँच उक्त सुन फेला परेको मकवानपरका प्रहरी उपरिक्षक सुशील सिंह राठौरले जानकारी दिएका छन् ।

ठूला उपकरणमा प्रयोग हुने फलामको बेरिङभित्र राखेर सुन तस्करी गरिएको थियो ।

प्रहरीका अनुसार बरामद भएको सुन नेपाली बजार मूल्यअनुसार ४ करोड २७ लाख ५८ हजार रुपैयाँ बराबरको छ ।

अब्दुललाई आवश्यक कारवाहीका लागि सुनसहित बाराको पथलैयास्थित राजश्व अनुसन्धान कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्