घरकाे छायांकन सुरु



काठमाडौं : भर्सटायल अभिनेता अर्पण थापाले निर्देशन गरेको फिल्म ‘घर’ को छायांकन सुरु भएको छ । यो फिल्म हरर कथामा आधारित छ । फिल्मको युनिटले काठमाडौंको बूढानीलकण्ठ मन्दिरमा पूजा गर्दै छायांकन सुरु गरेको छ ।

 

यस फिल्ममा अर्पणको प्रमुख भूमिका रहेको छ । फिल्ममा नायिका वेनिशा हमाल, सुरक्षा पन्त र अस्मिता खनाल मुख्य भुमिकामा छन् । यस फिल्ममा लगानी शर्मिला पाण्डेको रहेको छ । 

फिल्मलाई २० दिन लगाएर खिचिनेछ । यस फिल्मलाई बूढानीलकण्ठ आसपासमा नै खिचिने निर्मातामध्येका एक दीपेन्द्र के खनालले बताए ।  यस फिल्मको छायांकन निरज कँडेलले गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्