पचास हजार घुससहित पक्राउ



बाँके : मालपोत कार्यालय बाँकेका एक खरिदार घुस लिँदालिँदै पक्राउ परेका छन् । मङ्गलवार भूमिसुधार तथा मालपोत कार्यालय बाँकेमा सेवाग्राहीबाट ५० हजार घुस लिँदा लिँदै खरिदार संजयकुरमा ठाकुर पक्राउ परेका हुन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय नेपागन्जबाट खटिएको टोलीले ५० हजार रुपैयाँ घुससहित ठाकुरलाई उनको कार्यकक्षबाटै पक्राउ गरेको हो । सेवाग्राहीसँग जग्गा रजिष्ट्रेशन पास गराएबापत ५० हजार घुस मागेको सूचनाका आधारमा पुगेको अख्तियारको टोलीले उनलाई रंगेहात पक्राउ गरिएको हो । 

ठाकुरले जग्गाको रजिष्ट्रेशन पास गराउन घुस मागेपछि सेवाग्राहीले अख्तियारलाई खबर गरेका थिए । मालपोत कार्यालय बाँकेमा यसअघि पनि घुस काण्डमा कर्मचारी पक्राउ पर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्