नेकपाद्वारा प्रदेश १ काे प्रमुख सचेतक र सचेतक नियुक्त



विराटनगर : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं १ को संसदीय दलको बैठकले प्रमुख सचेतक र सचेतक नियुक्त गरेको छ । 

संसदीय दलको सोमबार साँझ सम्पन्न बैठकले प्रमुख सचेतकमा बुद्धिकुमार राजभण्डारी र सचेतकमा सीता थेबेलाई चयन गरेको हाे ।

प्रमुख सचेतक राजभण्डारी पार्टी एकीकरण हुनुअघि नेकपा एमालेका प्रमुख सचेतक थिए ।

प्रतिक्रिया दिनुहोस्