५६ सचिव केन्द्रमा समायोजन



काठमाडाै‌ं: सरकारले ५६ सचिवलाई केन्द्र सरकार (संघ) मा समायोजन गरेको छ। कर्मचारी समायोजन अध्यादेश ०७५ अनुसार विशिष्ट श्रेणीका ५६ सचिवलाई सोमबार मुख्यसचिव लोकदर्शन रेग्मीले समायोजन पत्र दिएका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सचिवहरुको समायोजनसम्बन्धी प्रस्ताव गतसाता प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पेश गरेको थियो।

मन्त्रिपरिषद्ले उक्त प्रस्ताव स्वीकृत गर्दै सचिवहरुलाई समायोजन पत्र दिएको हो। अध्यादेशमा सचिव र सहसचिव जुनै तहमा खटिए पनि केन्द्र सरकारमातहत रहने व्यवस्था रहेको खबर आजको कान्तिपुरमा खवर छ।

प्रतिक्रिया दिनुहोस्