कसरी लड्ने कोरोना भाइरससँग ? यस्ता छन् उपायहरु



काठमाडौं : पछिल्लो समय चीनमा उत्पत्ति भएको कोरोना भाइरसको आतंकले विश्वलाई नै चिन्तित बनाएको छ । विश्वभरीका करिब ७३ भन्दा बढी देशहरुमा यो भाइरसको महामारी फैलिइसकेको छ ।

विश्वभरी ३ हजारभन्दा बढिको ज्यान लिइसकेको अवस्थामा ८९ हजारभन्दा बढिमा कोरोना संक्रमित भेटिएका छन् ।

महामारी रोक्न धेरै देशले प्रयास गरिरहेको भएपनि यसको समाधान के हो आजसम्म पत्ता लाग्न सकेको छैन ।

नेपालमा यसको संक्रमण कम भेटिए पनि विश्व स्वास्थ्य संगठनले नेपाललाई उच्च जोखिममा राखिसकेको छ । यस्तो अवस्थामा कोरोना भाइरससँग कसरी लड्ने त ?

कोरोनासँग लड्नको लागि जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले दिएको केही महत्वपूर्ण जानकारीहरूः

१– पोषिलो र घरमा बनेको खाने कुरा खाने बानी बसालौँ । हरियो सागसब्जी, फलफूल, दुध, गेडागुडी नियमित खाने गरौँ । खानामा जति विविधता भयो, हामी त्यति स्वस्थ हुन्छौँ । भिटामिन सि, बी, ई, जिनलगायत पोषण पाउने खाना सेवन गरौँ ।

२– नियमित व्यायाम, योग, हाइकिङ् गरौँ । खेल खेल्ने बानी बसालौँ ।
३– घाममा बसौँ ।

४– नियमित अनुलोम विलोम गरौँ । यसले फोक्सोको कार्य क्षमता वृद्धि गर्दछ ।

५– चुरोट, सुर्ती, अल्कोहलजस्ता हानिकारक पदार्थको सेवन नगरौँ ।

६– बिहान बेलुका नियमित १–१ चम्चा घ्यु खाने गरौँ ।

७– लसुन, प्याज, टिमुर, जिरा, धनियाँ, अदुवा, बेसार, तिल, मरौटी, दालचिनी, खुर्सानी, ल्वांग, सुकमेल, अलैंची, जाइफल, कागती, ज्वानोजस्ता मसला राखेको खाना खाने गरौँ ।

८– भिटामिन सि पर्याप्त हुने कागती, अमला, सुन्तला, जुनारजस्ता फलको नियमित सेवन गरौँ ।

९– पर्याप्त मात्रामा सुतौं ।

१०– पानी, फ्रेस जुस, मही, दही, दाल, सुप, रसिला फलफूल नियमित खाएर शरीरलाई नियमित सिंचाइ गरौँ ।

११– मह, लसुन, बेसार, अदुवा, कुरिलो, गुर्जो नियमित सेवन गरौँ ।

१२– दिल खोलेर हाँस्ने गरौँ ।

१३– नियमित चिया र कफी र दुधचिनी नहालेको सेवन गरौँ ।

१४– ब्रोकाउली तथा च्याउको नियमित सेवन गरौँ ।

१५– सरसफाइमा अल्छी नगरौँ ।

प्रतिक्रिया दिनुहोस्