चार किलो सुन कसरी तामा भयो?



काठमाडाै‌ं: सुन भनेर बरामद गरी पत्रकार सम्मेलनमार्फत् सार्वजनिक धातु परीक्षणमा तामा र ढलोट भएको घटनाको प्रहरी प्रधान कार्यालयले छानविन सुरु गरेको छ।प्रहरीको अपराध अनुसन्धान विभागले जिल्ला प्रहरी कार्यालय धादिङसँग मंगलबार स्पष्टीकरण लिएको खबर नयाँ पत्रिकामा छ।

जिल्ला प्रहरी कार्यालय धादिङले तीन साताअघि तीन जनालाई चार किलो सुनसहित पक्राउ गरी राजस्व अनुसन्धान विभागमा पठाएको थियो। परीक्षणका क्रममा सो धातु तामा र ढलोट भएको खुलेको थियो। तर, बरामद भएको सुन नै भएको र पछि चलखेल भएको आशंकामा प्रहरी प्रधान कार्यालयले छानविन थालेको हो।

प्रतिक्रिया दिनुहोस्