प्रत्यक्ष निर्वाचनमा हार खाएका श्रेष्ठ ६ वर्षपछि संसदमा



काठमाडौं : २०७४ को प्रत्यक्ष निर्वाचनमा हार बेहोरेका नेकपाका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठ राष्ट्रिय सभा सदस्यको रुपमा संसदमा प्रवेश गरेका छन् ।

मंगलबारबाट ५९ सदस्यीय राष्ट्रियसभाको १९ सदस्यको २ वर्षे कार्यकाल समाप्त भएको थियो भने बुधबार नेकपाका १६ र राजपाका दुई सदस्यले राष्ट्रिय सभा सदस्यमा शपथ ग्रहण गरी संसद प्रवेश गरेका छन् ।

जसमध्ये श्रेष्ठ नेकपाका स्थायी कमिटी सदस्य बेदुराम भुसाल पनि राष्ट्रिय सभा पसेका छन् । उनी नेकपाको नौ सदस्यीय सचिवालयका सदस्य र पार्टी प्रवक्तासमेत हुन् ।

श्रेष्ठले २०७४ को प्रत्यक्ष निर्वाचनमा गोरखा–२ बाट उम्मेदवारी दिएका थिए । तर चुनावी मैदामा उनले उम्मेदवारी दिएको वाम गठबन्धनले तत्कालीन नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईसँग हार बेहोर्नुपरेको थियो ।

निर्वाचनमा हार बेहोरेका श्रेष्ठलाई नेकपाले भने राम्रै स्थान दिएको थियो । उनलाई प्रचार विभाग प्रमुखको पनि जिम्मेवारी दिएको छ ।

पुनः उनी माघ ९ मा भएको राष्ट्रिय सभा निर्वाचनमा गण्डकी प्रदेश अन्य समूहबाट निर्वाचित भए । त्यसपछि जसमा नेकपाका छैठौँ वरीयतामा रहेका नेता श्रेष्ठ गण्डकी प्रदेशबाट ३ हजार ४ सय ६२ मत ल्याउँदै राष्ट्रिय सभामा निर्वाचित भएका थिए।

तर, पार्टीको महत्त्वपूर्ण जिम्मेवारीमा रहे पनि श्रेष्ठलाई ६ वर्षपछि मात्रै संसद् प्रवेशको मौका मिलेको छ। लगातार दुई पटक प्रत्यक्ष निर्वाचनमा हार खाएका श्रेष्ठ पछिल्लोपटक राष्ट्रिय सभा प्रवेशको सजिलो बाटो मार्फत संसद् प्रवेश गरेका हुन्।

बुधबार सांसदको शपथ लिएपछि बैठकमा बोल्दै श्रेष्ठले लोकतन्त्रको अभ्यास गर्ने थलो राष्ट्रिय सभा भएको हुँदा त्यसको मर्मलाई आत्मसात् गर्दै नेतृत्व गर्ने, परिपक्वता र विभेदको संसद्को परीक्षणबाट पुष्टि गर्ने र संघीयताको रक्षाका लागि विशेष भूमिका निर्वाह बताएका छन्।

प्रतिक्रिया दिनुहोस्