सविन र रेखाको ‘हिरो रिर्टन्स’को ट्रेलर सार्वजनिक



काठमाडौं : बैशाख २६ मा प्रर्दशन मिति तोकेको चलचित्र ’हिरो रिर्टन्स’को ट्रेलर सार्वजनिक गरिएको छ ।

काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा सविन र रेखाको एक्सन अवतार देख्न सकिन्छ । सरोज खनाल भने भिलेनको भुमिकामा देखा परेका छन् ।

आशिष भेटवालले निर्देशन गरेको चलचित्रमा रेखा थापा, सविन श्रेष्ठ, सरोज खनाल र दिल श्रेष्ठको मुख्य भूमिका रहेको छ । चन्द्र गौतम, सहदेव गौतम र भिम न्यौपानेको लगानी रहेको चलचित्रको अमित श्रेष्ठ कार्यकारी निर्माता हुन् ।

मदनकाश्यप घिमिरेको छायांकन गरेको फिल्मलाई मित्र डी गुरुङले सम्पादन गरेका छन् । यो फिल्मको कथा, पटकथा तथा संवाद शिवम् अधिकारीले तयार पारेका हुन् ।

प्रतिक्रिया दिनुहोस्