ह्युम पाइपमा च्यापिएर एक बालककाे ज्यान गयाे, अन्य तीन घाइते



पर्सा : पर्सामा ह्युम पाइपमाथि खेल्ने क्रममा पाइप गुडेर च्यापिँदा एक बालकको ज्यान गएको छ । तीन बालिका घाइते भएका छन् ।

 

सोमबार बेलुका वीरगञ्ज महानगरपालिका ९ रातो बंगलामा पाइपमाथि खेलिरहेको बेलामा पाइप गुडेर च्यापिँदा वीरगन्ज ९ रानीघाटका बाल मुकुन्दप्रसाद राउतका ८ वर्षका छोरा रोहितको ज्यान गएको प्रहरीले जनाएको छ । रोहितको उपचारको क्रममा सोमबार राति ज्यान गएको हो ।

 

यस्तै पाइपले च्यापिएर पर्साकै जिरा भवानीपुर गाउँपालिका १ का गोविन्द चौधरीका १० वर्षकी अनुष्का र ४ वर्षकी अंकिता तथा वीरगन्ज ९ का राकेश यादवकी ९ वर्षकी छोरी आयुषा घाइते भएका छन् ।

 

उनीहरुको वीरगन्ज हेल्थ केयरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । थुपारेर राखेको ह्युम पाइपमा खेल्ने क्रममा पाइप गुडेको हो । 

प्रतिक्रिया दिनुहोस्