उर्वशी रौतेलाको ‘बोल्ड लुक्स’



एजेन्सी : अभिनेत्री उर्वशी रौतेला सामाजिक सञ्जालमा निकै भाइरल भइरहन्छिन् । सामाजिक सञ्जालमा उर्वशीको ‘बोल्ड लुक्स’ ले धेरैको ध्यान तानिरहेको हुन्छ ।

फिल्ममा जति बोल्ड भूमिका निर्वाह गर्छिन् उनी वास्तविक जीवनमा पनि उत्तिकै बोल्ड र हट छिन् ।

उर्वशी पछिल्लो समय माल्दिभसमा छुट्टी मनाइरहेकी छिन् । उनले केही दिन अगाडि छुट्टि मनाइरहेका केही तस्बिरहरु सामाजिक सञ्जालमा पोस्ट गरेकी छन् ।

सार्वजनिक तस्बिरहरुमा उनी समुन्द्रको किनारमा बिकिनीमा देखिएकी छन् । तस्बिर सार्वजनिक गर्दै उनले क्याप्सन लेखेकी छिन्, ‘अगाडि वा पछाडि दुवैतिरबाट माल्दिभसको पानी मलाई सधैँ चम्किलो लाग्छ । केहीसमय स्वर्गमा ।’

फिल्ममा कमै मात्र देखिने उर्वशीले फेशन र स्टाइलमा सबैको दिल जितेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्