कोरोनाभाइरस : भारतले औषधि निर्यातमा नियन्त्रण गर्ने, सिटामोल पनि अभाव


काठमाडौं : विश्वभरि कोरोनाभाइरस सङ्क्रमण फैलिरहेको बेलामा भारतले कैयौँ औषधिको निर्यातमा नियन्त्रण गर्ने घोषणा गरेको छ।

जनेरिक औषधिको सबभन्दा ठूलो आपूर्तिकर्ता भारतले औषधि निर्माणमा प्रयोग हुने २६ थरी सामग्री अनि तिनबाट बन्ने औषधिको निर्यातमा नियन्त्रण गर्ने बताएपछि त्यसले संसारभरि औषधि अभाव हुने त्रास बढेको छ।

अहिलेसम्म चीनबाहेक ८० वटा देशमा कोरोनाभाइरसबाट सङ्क्रमित व्यक्ति फेला परिसकेका छन्। एशियाबाहेक युरोप, अमेरिका र अफ्रिकाम पनि सङ्क्रमण फैलिएको छ।

नब्बे हजारभन्दा बढी व्यक्तिमा सङ्क्रमण र झन्डै ३,२०० जनाको मृत्यु भएको पुष्टि भएको छ।

सिटामोल पनि
भारतले नियन्त्रण गर्ने घोषणा गरेका औषधिमा प्यारासिटामोल पनि पर्छ। यो औषधि शरीरको दुखाइ कम गर्न विश्वभरि सबभन्दा धेरै प्रयोग गरिने औषधि हो।

भारतको यो घोषणा औषधिको कच्चा पदार्थ उत्पादन गर्ने चिनियाँ कम्पनीहरू बन्द भइएको वा सीमित क्षमतामा सञ्चालित भएको बेला आएको हो।

भारतका औषधि निर्माताहरू ७० प्रतिशत कच्चा पदार्थका निम्ति चीनमा निर्भर छन्। औषधि उद्योगका विज्ञहरूले प्रकोप जारी रहे तिनले अभाव झेल्नुपर्ने चेतावनी दिइसकेका थिए।

‘चीनमा नबन्ने औषधिका कच्चा पदार्थ पनि चीनबाटै मगाइन्छ। यदि भारत र चीन दुवै प्रभावित भए भने विश्वभरि नै अभाव हुनसक्छ,’ चाइना मार्केट रिसर्च ग्रूपका विश्लेषक शउन रेनले बताए।

निर्यात नियन्त्रणका निम्ति सूचीकृत भएका सामग्री र औषधि भारतीय औषधि उत्पादकहरूको कुल निर्यातको १० प्रतिशतजति हुन्छ। यसमा टिनिडाजोल र इरिथ्रोमाइसीन जस्ता एन्टीबायोटिक, हर्मोन प्रोजेस्टरोन र भिटामिन बी१२ पर्छन्।

अक्सफोर्ड इकोनोमिक्सका अगुवा अर्थविद् स्टीभन फोरम्यानले बीबीसीसँग कुरा गर्दै यी घटनाक्रमले बजारमा सामग्रीको अभाव र मूल्यवृद्धि देखिइसकेको बताए।

‘भारतमा सामग्रीको आपूर्तिमा कमी हुनासाथ त्यहाँ मूल्य बढेको सङ्केत पाइसकिएको छ,’ उनले भने।

नेपालमा ‘आत्तिनुपर्दैन’
नेपाल फार्मसूटिकल्स असोसिएशनका अध्यक्ष शशिकान्त चौधरीका अनुसार नेपालमा अहिले आत्तिनुपर्ने अवस्था छैन।

नेपालमा झन्डै ६० वटा कम्पनीले औषधि उत्पादन गर्छन्। प्रत्येक कम्पनीसँग तीनदेखि छ महिनासम्म औषधि उत्पादन गर्न पुग्ने कच्चा पदार्थ मौज्दात रहेको हुनुपर्ने उनले बीबीसीलाई जानकारी दिए।

‘चीनबाट आयात घटेको र भारतले केही सामग्रीको निर्यातमा कडाइ गरेका कारण केही समस्या उत्पन्न हुन सक्ने भए पनि अहिले नै आत्तिनुपर्ने अवस्था छैन,’ चौधरीले भने।

बजारमा देखा परेको अभाव कम गर्न विभिन्न निकायले घरटोलमा पुगेर जनचेतना बढाउनुपर्ने उनको भनाइ छ।

शान्त रहन आह्वान
भारत सरकारले उसले सर्वसाधारणलाई यो घोषणाबाट विचलित नहुन तथा शान्त रहन आह्वान गरेको छ।

उसले देशमा तीन महिनाका लागि पुग्ने औषधिको भण्डार रहेको बताएको छ।

भारतका केही स्थानमा कोरोनाभाइरस सङ्क्रमण भएका व्यक्ति फेला परेका छन्।

भारतले चीन तथा जापानमबाट सयौँ भारतीय नागरिकलाई उद्धार गरी स्वदेश ल्याएको थियो।

अमेरिकाको खाद्य तथा औषधि प्रशासन निकाय एफडीएका अनुसार सन् २०१८ मा अमेरिकाले गरेको कुल औषधि आयातमा भारतको हिस्सा झन्डै एकचौथाइ थियो भने औषधिको कच्चा पदार्थको आयातमा भारतको हिस्सा ३० प्रतिशत थियो।

एफडीएका आयुक्त स्टीभन हानले भारतको पछिल्लो निर्णयले अमेरिकामा औषधि आपूर्तिमा कति असर पार्छ भनेर निर्क्योल गर्ने प्रयास भइरहेको मङ्गलवार अमेरिकाको माथिल्लो सभाका सदस्यहरूलाई जानकारी दिए।

अमेरिकाका ठूला औषधि निर्माता कम्पनीहरूले उनीहरूले आपूर्ति प्रणालीको निगरानी गरिरहेको बताएका छन्।

गत साता माइलन कम्पनीले औषधिको अभाव हुने चेतावनी दिएको थियो।

तर अर्को कम्पनी इली लिलीले इन्सुलिनसहित आफ्ना उत्पादनमा कोरोनाभाइरसका कारण कुनै अभाव हुने नठानिएको बताएको छ।

बिबिसी नेपाली सेवाबाट

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

एजेन्सी– विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का क्षेत्रीय निर्देशक ताकेशी कासाईले एसियामा कोरोनाभाइरसको महामारीको अवस्था निश्चित

काठमाडौं : सरकारले नेपाल भ्रमण वर्ष २०२० कार्यक्रम औपचारिक रुपमा स्थगित गरेको छ । मन्त्रिपरिषदको

काठमाडौं : विश्वभर कोरोना संक्रमितको संख्या ८ लाख भन्दा बढी पुगेको छ। नेपाली समय अनुसार

काठमाडौं : कोरोनाभाइरस (कोभिड –१९) को सङ्क्रमण्मा रोक्ने उद्देश्यले मुलुकमा अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सरकारले

काठमाडौं : सर्वोच्च अदालतले निजी अस्पतालहरुलाई बिना शर्त कोरोना संक्रमितको उपचार व्यवस्था मिलाउन आदेश दिएको

काठमाडौं : कोरोनाभाइरस (कोभिड–१९) संक्रमणको आशंकामा पाटन अस्पताल र वीर अस्पतालमा भर्ना भएर उपचारका क्रममा

काठमाडौं : आवश्यक पर्ने उपकरणहरु भित्र्याइएसँगै काठमाडौं उपत्यका बाहिर दैनिक १ हजार जनको कोरोना भाइरस

काठमाडौं : विश्व अहिले अदृश्य महामारी रोगसँग जुध्दै छ । यहीँ अदृश्य महामारी कोरोनाभाइरस (कोभिड–१९)को

काठमाडौं : कोरोनाभाइरसको महामारीका कारण विश्वमै सबैभन्दा बढी आक्रान्त इटालीमा रहेका नेपाली हालसम्म सङ्क्रमणबाट जोगिए

वीरगन्ज : पेट्रोलिय पदार्थ बोक्ने नेपाली ट्यांकरलाई भारतीय प्रहरीले रोक लगाएको छ । वीरगन्जबाट करिब

काठमाडौं : मानिसहरूलाई कोरोनाभाइरस सङ्क्रमणको सम्भावनाबाट जोगाउन एउटा विशेष उपकरण बनाउन लागेका एक अस्ट्रेलियाली वैज्ञानिक

काठमाडौं : दाङका निश्चल रेग्मी स्नातकोत्तर तह अध्ययनका लागि गत फेब्रुअरी महिनामा ब्रिटेन आइपुगे।उनी वेल्सको